लुम्बिनी

बाघको आक्रमण परी हराएका बालक मृत फेला



दाङ  १८ भदौ। बर्दियामा बाघकोे आक्रमणमा परी एक बालकको मृत्यु भएको छ । बाघको आक्रणमा परी राजापुर नगरपालिका वडा नम्बर ६ का वर्ष १३ का विशाल वलीको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय ढोढरीका इन्स्पेक्टर उदयभाव द्विवेदीका अनुसार मृतक वली र उनका अन्य २ जना साथी आजभन्दा तीन दिन अघि मंगतलबार गरुवा खोलामा माछा मार्न गएका थिए । सोही दिन घर फर्कने क्रममा बाघले वलीलाई आक्रमण गरेको थियो । अन्य दुई जना साथी भने भागेर घर फर्किएका थिए ।

           मंगलबार बाघको आक्रमण परी हराएका  वलीको आज मात्र शव फेला परेको इन्स्पेक्टर द्विवेदीले बताउनुभयो । भागेर घर आएका ति अन्य दुई जना साथीले बाघले साथीलाई आक्रमण गरेर लगेको बताएपछि हिजोदेखि मृतक वलीको खोजतलास गरिएको थियो । मृतक वलीको टाउकोमो गहिरो चोट देखिएको र अन्य भागमा भने कमिला लागिसकेको उहाँले बताउनुभयो । अहिले शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरीमा लगिएको छ । मृतक वली एक वर्षदेखि मुधबन नगरपालिका वडा नम्बर ३ मा आफ्नो फुपुको घरमा बस्दै आएका थिए ।

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६