ब्रेकिंग न्युज

महाधिवेशनको नयाँ विकल्पमाथि कांग्रेसमा छलफल सुरु



काठमाडौं १९ भदौँ । कोरोना संक्रमण जारी रहेकै अवस्थामा महाधिवेशन गर्ने नयाँ विकल्पमाथि कांग्रेसमा छलफल हुन थालेको छ। जिल्लादेखि केन्द्रसम्म भेला गरेर अधिवेशन गर्न असहज अवस्था रहेकाले नयाँ ‘मोडालिटी’तय गर्न नेताहरुले सुझाएका छन्।जिपी कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले महाधिवेशनमा केन्द्रित रहेर गरेको भिडिओ संवादमा पदाधिकारी र केन्द्रीय सदस्यले फागुनमा महाधिवेशन सम्भव नरहेको बताएका हुन्। उपसभापति विमलेन्द्र निधिले तल्लो तहका अधिवेशनको मोडालिटी परिवर्तन गर्ने पक्षमा आफू सकारात्मक रहेको बताए।

    नेपाल बार एसोसिएसनले गर्ने अधिवेशनकै मोडालिटीमा तल्लो तहका अधिवेशन गर्न सकिने विकल्प उनले सुझाए। उनले भने,‘१६५ निर्वाचन क्षेत्रमा अधिवेशन गर्न सकिन्छ। महाधिवेशनलाई रोक्न हुँदैन।’गत महिना भएको पदाधिकारी बैठकमा फागुनमा महाधिवेशन हुन नसक्नेमा एकमत जस्तै बनेको थियो। महाधिवेशन सार्नै पर्ने अवस्थामा जेठभन्दा पर लैजान नहुने धेरै नेताको मत छ। जिल्ला अधिवेशनमा भीडभाड हुन नदिन अधिवेशनलाई विकेन्द्रीकरणको ढाँचामा लैजानुपर्ने नेताहरुको राय छ। नयाँ ढाँचाले तल्लो तहको अधिवेशन गर्ने निर्णय केन्द्रीय समितिबाट हुनुपर्ने उनले बताए।

        महाधिवेशनको कार्यतालिका कार्यान्वयन नभएको निधिले स्वीकारे। निर्वाचन समितिलाई समायोजनको पूर्ण अधिकार प्रत्यायोजन गर्दासमेत संगठन समायोजन हुन नसकेको उनले बताए। निर्वाचन समितिले पठाएका प्रतिनिधिलाई जिल्ला कार्यसमितिले असहयोग गर्दा समायोजन हुन नसकेको उनको बुझाइ छ।समायोजनमा विवाद उत्पन्न भए त्यसको निराकरण गर्ने अन्तिम निकाय पनि निर्वाचन समिति नै भएको निधिले बताए। समायोजन सक्न साउन १० सम्मको समयावधि निर्वाचन समितिलाई दिइएको थियो। प्रदेश २ का अधिकांश जिल्लामा समायोजनको काम सकिएको छैन। जिल्लाले समायोजन सकेका केही जिल्लामा विवाद पनि छ।महामन्त्री डा शशांक कोइरालाले डेढ महिनाभन्दा पर महाधिवेशन सार्न नहुने मत राखेका छन्। महाधिवेशन कार्यतालिका अनुसार काम नहुनुमा पदाधिकारी मुख्य जिम्मेवार रहेको प्रश्न उठेपछि उनले कोरोनाको कारण देखाए।नेता कृष्ण सिटौलाले महाधिवेशनको तयारीमा पदाधिकारीको सक्रियता नदेखिएको बताए।

नेपाल लाईभबाट साभार

प्रकाशित : १९ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६