अर्थ-वाणिज्य

यूवाको जागरण : स्वास्थ्य सामाग्री जिल्लाभर बितरण



कपिलवस्तु १९ भदौ  ।राष्ट्रिय युवा सँघ नेपाल जिल्ला कार्य समिती कपिलवस्तुको स्वास्थ्य सुरक्षा सामग्री वितरणको अभियानको चौथो दिन पनि जिल्लाका बिभिन्न स्थानमा खटिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मी लाइ मास्क र सेनिटाईज वितरण गरेको छ । शुक्रबार जिल्लाको बाणगंगा र कपिलवस्तु नगरपालिकामा रहि अंग्रपक्तिमा खटिरहेका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई मास्क र सेनिटाईजर वितरण गरिएको हो ।

    राष्ट्रिय युवा सँघ नेपालका केन्द्रिय सदस्य गोपालमणी ज्ञवालीका अनुसार अभियानको चौथो दिन प्रहरि चौकि भड्डिहवा, हथौसा स्वास्थ्य चौकि, अस्थायी प्रहरि पोस्ट जहदि, जहदि स्वास्थ्य चौकि, निग्लिहवा स्वास्थ्य चौकि, ईलाका प्रहरी कार्यलय कोपवा, मोतिपुर आधारभुत स्वास्थ्य चौकि, भलवाड स्वास्थ्य चौकि, मोतिपुर स्वास्थ्य चौकि र मोतिपुर आयुर्वेद औषधालयमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई वितरण गरिएको हो । 

    शुक्रबारको वितरण अभियानमा अनेरास्ववियूका केन्द्रिय कमिटि सदस्य एवम नेपाल कम्युनिष्ट पार्टि (नेकपा) जिल्ला कमिटि कपिलवस्तुका सदस्य टुकलाल गैरे, अनेरास्ववियू जिल्ला संयोजक बाबुराम अर्याल, राष्ट्रिय युवा संघ नेपाल जिल्ला संयोजक बिजय कुवर, युवा नेता हरु  श्याम सुवेदी, रनेन्द्र सेन, पंकज पान्डे, ओसिम मुसलमान, लेखनाथ पौडेल  लगाएतको उपस्थिती रहेको थियो । स्वास्थ्य कर्मी र शुरक्षाकर्मीकोे स्वास्थ्य सुरक्षामा सहयोग र काम प्रती थप उत्साह जागोस् भनी पहिलो चरणमा संघलाई प्राप्त भएका १० हजार थान माक्स र सेनिटाईजर बितरण गर्ने अभियान शुरु भईरहेको छ ।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६