ब्रेकिंग न्युज

भदौ २१ पछिको रुपन्देही : फरक समयमा फरक ब्यावयाय



भैरहवा २०भदौ   कोरोना संक्रमणको जोखिम बढेसंगै रुपन्देहीमा जारी लकडाउनको स्वरुप फेरिने भएको छ ।लस्वरुप फरक समयमा फरक ब्यवसाय संचालन हुने गरी ब्यवस्था मिलाइएको छ । किराना पसल र अन्य पसल खोल्ने समय अलग अलग हुनेछ । तर होटल भने खुल्ने छैनन् ।    यसरी बुटवल उपमहानगरपालिकामा साउन २९ देखि र रुपन्देही जिल्लाभरी भदौ २ गते देखि जारी गरिएको लकडाउनको स्वरुप परिवर्तन गरिन लागेको हो ।
    

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा सम्पन्न जिल्ला कोभिड ब्यवस्थापन नियन्त्रण तथा रोकथाम केन्द्रको बैठकले भदौ २१ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गरि सहज बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नगरप्रमुखले भने ।  प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न बैठकमा बुटवल उपमाहानगरपालिका लगायत जिल्लाका सबै पालिका प्रमुखहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागीता रहेको थियो ।

बैठकले भदौ २१ गतेदेखि बिहान र सांझको समयमा दैनिक उपभोग्य बस्तुहरुको बेचबिखन गर्ने तथा बिहान ११ बजे देखि सांझ ६ बजेसम्म कपडा तथा डिपार्टमेन्टल स्टोर्सहरु खुल्न पाउने गरि निर्णय गरिएको बैठकमा सहभागी ती नगरप्रमुखले भने । बैठकले आगामी २१ गतेदेखि लकडाउनको स्वरुप परिवर्तन गरेर सहज जनजिवनका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गरेका छौं अव जिल्ला प्रशासन कार्यालयले बांकि काम गर्नेछ ।

    
उनका अनुसार बैठकले लकडाउनको पालना र खुला रहेका क्षेत्रमा सामाजिक दुरि कायम भएन भएको भए नभएको र थप अनुगमन गर्नका लागि अनुगमन समिती समेत बनाउने निर्णय भएको छ ।

जारी लकडाउनको स्वरुप परिवर्तन गरिएको भनिए होटल रेष्टुरेन्ट , बिद्यालय, यातायात सन्चालन गर्न , खेलकुद भेला गोष्ठि लगायतका मानिस जमघट हुने गतिविधि भने आयोजना गर्न पाईने छैन ।

    
सरकारले ५ सय जना भन्दा बढी संक्रमित भएको जिल्लामा लकडाउनलाई कडाईका साथ लागू गर्न निर्देशन दिएको भएपनि निजी क्षेत्र र सर्वसाधारणको दवाव थेग्न अवस्था नरहेपछि रुपन्देहीमा लकडाउनको स्वरुप परिवर्तन भएको हो । 

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६