ब्रेकिंग न्युज

कपिलवस्तुमा कोरोना जित्ने हजार नाघे ।



कपिलवस्तु भाद्र २०
कपिलवस्तुमा
कोरोना जित्नेको संख्या एक हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय
कपिलवस्तुका अनुसार कुल १ हजार १ सय ४७ संक्रमित मध्ये १ हजार ८ संक्रमित
निको भएर घर फर्किएका छन् । हाल जिल्ला सदरमुकाम तौलिहवामा ४४ जना, बाणगंगा
नगरपालिका ३० जना , कृष्णनगर नगरपालिकामा १९ जना कोरोना संक्रमित उपचाररत
रहेका छन् । वाकीं ७ स्थानीय तहमा संक्रमितको संख्या १० भन्दा तल रहेको छ ।
जिल्लामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
जिल्लामा समुदाय
स्तरमा  कोरोना परीक्षण गर्दा बढेको कोरोना ग्राफ भदौको दोस्रो साताबाट
घट्न सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले निषेधाज्ञा जारी
गरे पछि कपिलवस्तुको कोरोना संक्रमण नियन्त्रणमा आउन सुरु भएको हो । भिडभाड
कम हुँदै गएपछि जिल्लामा संक्रमण फैलिन कम हुँदै गएको हो । पछिल्लो साता
जिल्लाका संक्रमण थपिनेको सख्या न्यून हुँदै गएको छ भने निको हुनेको संख्या
बढेको छ । 

‘समुदायमा परीक्षण गर्दा कलस्टर लेभलमा कोरोना देखिएको
थियो । तौलिहवा र कृष्णनगरका सरकारी कर्मचारी , बैङ्क, प्रहरी र
व्यापारीहरूमा संक्रमण भेटिए पछि तत्काल सम्पर्कमा आएकाहरूको खोजी गरी
स्वाब परीक्षण गरिएका थियौँ । परीक्षण पछि साउन दोस्रो साता देखी भदौको
पहिलो साता सम्म
संक्रमण तीव्र देखिएको थियो । अहिले संक्रमण
घटेको छ । भदौ १९ गते मात्र ६६ जना कोरोना जितेर घर फर्किएका छन् । ’
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका बताउनु भयो

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६