काठमाडौ २० भदौ । नेपालमा निको हुने कोरोना संक्रमितको संख्या हवात्तै बढेको छ । पछिल्लो ३ दिन लगातार एक हजार बढी संक्रमित निको भएका छन् । शुक्रबार १३५४ जना निको भएका थिए ।शनिवार मात्रै १५६६ जना डिस्चार्ज भएका छन् ।यसअघि निको हुने दर घटेको थियो । पछिल्लो एक हप्ता भने निको हुनेको संख्या उत्साहजनक छ ।
बिहीबारसम्म निको हुनेको संख्या ५६ प्रतिशत मात्रै थियो । शनिबार भने निको हुने दरमा बृद्धि भएर ६० प्रतिशत पुगेको छ ।तीनदिन ६ प्रतिशतले निके हुनेदर बढेकोछ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४५ हजार २७७ जना संक्रमित भएका छन् । तीमध्ये ६० प्रतिशत अर्थात २७ हजार १२७ जना निको भइसकेका छन् ।
प्रतिक्रिया