प्रदेश

रुपन्देही कोरोनाको हटस्पट , दैनिक ५० बढी थपिदै



रुपन्देही २० भदौ । पछिल्ला केहिदिनहरुमा रुपन्देही कोरोनाको हटस्पट बनिरहेको छ । यसैबीच  शनिबार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। परिक्षणको दायरा बढेसँगै जिल्लामा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ।थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ।निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नियमित रुपमा परिक्षण भइरहेको छ।

    सो ल्याबबाट आएका रिर्पोट अनुसार शनिबार साँझ ५ बजेसम्म रुपन्देहीका विभिन्न ८ पालिकामा कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिनु भयो ।शाहका अनुसार सबैभन्दा बढी रोहिणी गाउँपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ।

    जिल्लाका संक्रमित मध्ये २६ जना महिला र ४० जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको छ।कार्यालयले दिएको तथ्यांकअनुसार हालसम्म १४ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

प्रकाशित : २० भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६