कपिलवस्तु २० भदौ ।नेपाल औषधी ब्यावसायी संघ बुद्धभुमिले फन्ट लाइनमा काम गर्ने मानव अधिकार कर्मीहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री माक्स र सेनेटाइजर हस्तान्तरण गरेकोछ । बुद्धभुमि नगरपालिका वडा न २गोरुसिहें तथा ९ इमिलियामा रहेका निजि मेडिकल संचालकहरुले फन्टलाईनमा काम गर्ने अधिकारकर्मीहरुका लागी माक्स तथा सेनिटाइजर मानव अधिकार समुहका अध्यक्ष कृष्ण प्रसाद खनाल तथा इन्सेक सहजकर्ता नन्दराम पौडललाई हस्तान्तरण गरेका छन ।
बुद्धभुमि ४ मा भएको कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका अध्यक्ष तथा प्रमुख अतिथी धर्मराज भट्टराईले फन्ट लाइनमा काम गर्ने मानवअधिकार कर्मी , स्वास्थ्यकर्मी ,संचारकर्मी र सुरक्षाकर्मीहरु रहेको भन्दै सुरक्षित रुपमा काम गर्नका लागी स्वास्थ्य सामाग्री आवस्यक रहेको महसुस गरि हस्तान्तरण गरेको बताउनु भएको छ । औषधी ब्यावसायीहरुको पनि सामाजिक दात्वि रहेको भन्दै देशमा संकटको बेला सहयोग गरेको बताउनु भयो ।
यसै गरि इन्सेक सहजकर्ता नन्दराम पौडेलले कोभिड १९ वाट विश्वनै प्रभावित रहेको बेला मानवअधिकारकर्मी पनि प्रभावित बनेको वताउनु भयो । यसै गरि मानवअधिकार समुह बुद्धभुमिका अध्यक्ष कृष्ण प्रसाद खनालले संकटको बेलामा स्वास्थ्य कर्मीको अहम भुमिका रहने हुदा उनीहरुलाई हैसला र रहयोग गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघका जिल्ला सचिव महेन्द्र विष्ठको अध्यक्षता , जिल्ला सदस्य दुर्गा अधिकारीको संचालनमा र जिल्ला सदस्य धर्मराज दमासेको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा एक दर्जन अधिकारकर्मीहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया