कपिलवस्तु २० भदौ ।गोरुसिंगे सन्धीखर्क सडकखण्डको स्तरोन्नती गर्ने कार्यले तिब्रता पाएको छ । कोरोनाका कारण वन्दावन्दी हुदाँ रोकीएको निमार्ण कार्य अहिले धमाधम अगाडी बढेको छ । अहिले कपिलवस्तु र अर्घाखांचीमा गरी ७.३ किमी सडकमा स्तर बृद्धीका काम चलिरहेको छ । अर्घाखाचींको सदरमुकाम सन्धीखर्क जाने चार मिटरको कालोपत्रे साघुरो सडकको विस्तार गरी ७ मिटर बनाउन लागीएको हो ।
बुद्धभुमी २ गोरुसिंगेमा रहेको अर्घाखांची चोकबाट ६ किमी सडक पहिल्यै विस्तार गरीएको थियो । पत्थरकोट वजार पुग्न बाकीं रहेको ४ किमी ३ सय मिटर खण्डमा सडक फराकिलो पार्नका लागी सम्माउने काम अगाडी बढेको छ । बजार क्षेत्रको सडकका दुवै छेउमा नाली निमार्ण गर्ने काम समेत अन्तिम चरणमा पुगेको छ । अर्घाखांची जिल्ला भित्र ३ किमी सडक पिच गर्ने तयारी अवस्थामा रहको छ । साघुरो सडक सडकका भिरहरु काटेर फराकिलो बनाई अघिल्लो आवमा वेस र सव वेसको काम सम्पन्न गरीएको थियो । बर्षाको कारणले केही स्थानमा बिगीए पछि पुनः काम गरी कालो पत्र गर्न योग्य बनेको सडक डिभिजन सडक कार्यालय शिवपुरका डिभिजन प्रमुख ईश्वर रिजालले बताउनु भयो ।
प्रतिक्रिया