ब्रेकिंग न्युज

१४ वर्षीया बालिका अपहरण गरेको आरोपमा एम्बुलेन्स चालक सहित दुई युवा पक्राउ



मोरङ २१ भदौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ की १४ वर्षीया बालिका अपहरण गरेको आरोपमा काका नाता पर्ने युवा र दुई जना एम्बुलेन्स चालक पक्राउ परेका छन्।प्रहरीका अनुसार पक्राउ पर्नेमा सोही वडाका २१ वर्षीय सुजन रणपहेली, एम्बुलेन्स चालकद्वय पथरी शनिश्चरे ६ का २२ वर्षीय रमण आचार्य र सुनवर्षी नगरपालिका ६ का ३६ वर्षीय पूर्णबहादुर तामाङ छन्।  रणपहेली किशोरीका काका नाता पर्ने व्यक्ति हुन्। आचार्य को २ च २८८२ नम्बरको एम्बुलेन्स र तामाङ को २च ३१२१ नम्बरको एम्बुलेन्सका चालक हुन्। इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार बालिकालाई १७ गते काभ्रेको साँगाबाट उद्धार गरी संलग्नहरूलाई पक्राउ गरिएको हो।प्रहरीले आरोपीलाई शुक्रबार अपहरण मुद्दामा अनुसन्धान सुरू गरेपछि सार्वजनिक गरेको हो।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६