ब्रेकिंग न्युज

उड्डयनमन्त्री योगेश भट्टराईद्धारा जन्मदिनको अवसरमा एसिड पीडित खातुनलाई सहयोग



काठमाण्डौ २१ भदौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडित बालिका मुस्कान खातुनलाई सहयोग गर्नुभएको छ । खातुनलाई मन्त्रालयमै बोलाएर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो । गएको वर्ष भदौ २० गते घरबाट विद्यालय जाँदै गर्दा वीरगञ्जमा खातुनमाथि दुई युवाले एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट घाइते भएकी उनको अहिले पनि उपचार चलिरहेको छ ।नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार रुपैयाँ प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

       सहयोग रकम प्रदान गर्दै मन्त्री भट्टराइले खातुनको आत्मविश्वासबाट आफू धेरै प्रभावित बनेको बताउनुभयो । उहाँले भन्नुभयो ‘मलाई विश्वास छ, तपाईँ भविष्यमा डाक्टर बन्नुहुनेछ । मैले अहिले दिएको सहयोग बैंकमा जम्मा गरेर भोलि डाक्टर पढ्ने बेलामा खर्च गर्नुहोला ।’  उहाँले एसिड पीडित बालिका खातुनसँग अप्ठ्यारो बेलामा मात्र नभएर सजिलो बेला पनि जीन्दगीभर सम्बन्ध रहिरहने बताउनुभयो । पीडित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिनअघि बालुवाटारमा बोलाएर शिक्षाको सबै प्रबन्ध गरिने वचन दिनुभएको थियो । 

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६