प्रदेश

उत्साहजनक नतिजा :संक्रमण हुने भन्दा दोब्बर निको हुदै



काठमाडौ २१ भदौ । नेपालको पछिल्लो बिबरणका अनुसार संक्रमण हुने भन्दा निको हुने दोब्बर हुदै गएका छन् । आइतबार मात्रै १,८१४जना डिष्चार्ज भएका छन् । यो संगै नेपालमा कोरोना निको भएर निको हुनेको संख्या २८हजार ९४१ पुगेको छ । आइतबार थप ९८० जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा महिला २९० र पुरुष ६९० गरि थप ९८० जनामा कोरोना पुष्टि स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।

        आइतबार उपत्यकामा थप ३५४ जनामा कोरोना पुष्टि भएको छ, जसअनुसार काठमाडौंमा २९० , भक्तपुरमा ३२ र ललितपुरमा ३२ जना रहेका छन् । त्यस्तै त्यस्तै नेपालमा कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ र झापाका एक एक महिला , काठमाडौंका तीन पुरुष तथा मोरङ, पर्सा, धनुषा र चितवनका एक एक पुरुष रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

        हाल सक्रिय संक्रमितको संख्या १७हजार २७ जना रहेका छन् भने क्वारेन्टाइनमा ४हजार ७०३ जना छन् । यसैबिच अब सरकारी प्रयोग शालाहरुले पनि सःशुल्क कोरोना परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी ल्याबले सरकारी मापदण्डमा नपरेकाहरुसँग शुल्क लिएर परीक्षण गर्न पाउने निर्णय गरेको हो । दैनिक परीक्षण गर्ने नमुनाको ५० प्रतिशतसम्म सःशुल्क समावेश गर्न पाइने मन्त्रालयले जनाएको छ । सरकारले सःशुल्क परीक्षणमा ४ हजार रुपैयाँसम्म लिन पाउने भनेर यसअघि नै तोकेको छ । तर केही सरकारी ल्याबले २ हजार २०० रुपैयाँ परीक्षण शुल्क तोकेका छन् ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६