कपिलवस्तु २१ भदौ । लामो समय थपिदै गएको लकडाउन नमान्ने कपिलवस्तुका उद्योगी ब्यावसायीले सस्थागत निर्णय गरेका छन् । यो संगै कोरोना कहका बीच उद्योग व्यवसाय संचालन गर्ने बारे कपिलवस्तुका उद्योगी व्यवसायी एक ढिक्का भएका छन् । लामो समयको बन्दाबन्दीले व्यवसाय चौपट भएको हुँदा अब लकडाउन विकल्प नभएको भन्दै जसरी पनि संचालन गर्नुपर्ने एकजुट भएका हुन् । जिल्लाका उद्योग वाणिज्य संघहरुको चारनम्बरमा आइतबार बसेको संयुक्त वैठकले जारी बन्दाबन्दीको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।
कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्न सुझाव दिदै सोही अनुसार गर्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । चैत्रदेखिको बन्दाबन्दीले उद्योग व्यवसाय धरासायी बनाएको भन्दै भदौ २३ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यवसाय लगायतका क्षेत्रहरु निर्वाध रुपमा सुचारु गर्न ध्यानाकर्षण गराएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो । गत चैत्र ११ गतेदेखीको लकडाउनका कारण मानिसको दैनिक जनजीवन, उद्योग/व्यापार पूर्ण रुपमा प्रभावित भएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो । यस्तै लामो समयको लकडाउनले स्थानीय बजार, उद्योग व्यवसाय अस्तव्यस्त भएकाले अर्थतन्त्र चलायमान बनाउन सवै उद्योग व्यवसाय निर्वाध संचालन गर्नुपर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीको भनाई छ ।
साथै विज्ञप्तीमा लामो समयसम्मको बन्दाबन्दी कोरोनाको विकल्प नभएकोले बढि भन्दा बढि समय सरकारी तथा निजी क्षेत्रका सेवा सुचारु गर्दै विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले निर्धारण गरेका मापदण्डलाई अपनाएर व्यवसाय संचालन गर्नुपर्ने जनाएको छ । संयुक्त वैठकका संघका अध्यक्षहरु, कपिलवस्तु उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रुक बहादुर भुसाल, महाचिव लक्ष्मण अधिकारी, सल्लाहकार विष्णु प्रसाद न्यौपाने, टोपनारायण वेल्वासे, हरि अधिकारी, सचिवालय सदस्य डोलकराम घिमिरे, कृष्ण सापकोटा, विनोद पन्त, चन्द्रौटा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष ईश्वरी पाण्डे लगाएको सहभागीता रहेको थियो ।
प्रतिक्रिया