अर्थ-वाणिज्य

सरकारी अनुदानको मलमा सहकारीको मनमौजी



कपिलवस्तु २१  भदौ बिगत लामो सयम देखि जिल्लामा मलको हाहाकार छ । जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेतीका लागि युरिया र डिएपी मल नपाएर कृषकहरु छटपटाई रहेका छन । सप्री रहेको धान खेतकालागि युरिया मल आवश्यक पर्ने कृषि प्राबिधिकहरु बताउछन । सरकारले माग अनुसारको मलको आपुर्ति गर्र्न सकेको छैन । माग भएको अत्यन्तै  न्युन मात्रामा जिल्लामा मल पठाईने गरिएको छ । सरकारी अनुदानमा आएको त्यो मलमा पनि कृषि सहकारीको रजाई हुने गरेको छ ।

    जिल्लामा तौलिहवा र बहादुरगंजमा रहेको कृषि सामागी लिमिटेड र कृष्णनगर स्थित साल्ट्रेडिङक मार्फत कृषि सहकारीलाइ मल उपलब्ध गराउने गरिएको छ । कृषि सामाग्री लिमिटेडका अनुसार जिल्लाभर साढे ३ सय बढी कृषि सहकारी छन । तिनीहरुलाई ३ स्थानबाट पालौपालो मल उपलब्ध गराउने गरिएको कम्पनी तौलिहवा शाखाका प्रमुख दिनेश शर्माले बताउनु भएको छ । 

    आफनो कार्यक्षेत्रमा बिक्री बितरणको डिलरसिप लिएका कृषि सहकारीहरुले नै सहुलियतको मल दुरुपयोग गरेको भेटिएको हो । सहकारीले आफनो कार्यक्षेत्र र सदस्यहरुलाई बाहेक अरुलाई मल बिक्री गर्न नपाउने नियम छ । तर जिल्लाका अधिकांस कृषि सहकारीले सहकारी अनुशासन बिपरित सहुलियत मलको कालोबजारी गर्ने गरेको कृषकहरु बताउछन् । तौलिहवाका कृषक राका यादवले कृषि सहकारीले कृषकहरुका लागि आएको मलको कालोबजारी गर्ने गरेको आरोप लगाए ।सहकारीका अध्यक्षले नै मललाइ मनपरीढंगले राख्ने गरेको यशोधरा गाउपालिका अर्को कृषक बिनोद चौधरीले बताउनुभयो । जिल्लानमा ७२ हजार हेक्टरमा धान गरिएको धान खेतीकालागि १५ हजार बढी मेट्रिक टन युरिया र ८ हजार बढी डीएपी मल आवश्यक पर्छ । 

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६