प्रदेश

बाणगंगामा फुड बैंक स्थापना गर्दै युवाहरु



विश्व
महामारिको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन भए संगै
दैनिक ज्याला मज्दुरि गरि जीविकोपार्जन गर्ने गरिव विपन्न परिवारलाई बिहान
साझँ चुलो बाल्न समेत धौ धौ भएको छ। लकडाउन पश्चात
सरकारले
बिपन्नका लागि रातह दिने घोषणा गर्यो राहत पनि बाड्यो। कतै पहिलो चरणको
राहत वितरण सम्म भयो कतै दोस्रो चरणसम्म पुग्यो।

त्यसले केहि हदसम्म राहत
पुर्याए र गुजारा चले पनि लामो समय सम्म लकडाउन र निषेधाज्ञा लम्बिदा
बिपन्न वर्ग मारमा परिरहेका छन। बिषम परिस्थितिमा मज्दुरि गरि जीविकोपार्जन
गरेका परिवारलाई मध्यनजर गर्दै खाद्य सामग्री संकलन तथा वितरण केन्द्र
(फुड बैक) कपिलवस्तुका युवाले सञ्चालन गर्ने भएका छन। सोमवारबाट जिल्लाको ४
न चोकमा सो अभियानको सुरुवात हुनेभएको छ।

जिल्ला सक्रिय युवाको पहलमा सो
अभियान सुरु हुन लागेको हो। ४ न बाट सुरु हुने उक्त अभियान आवश्यकता अनुसार
जिल्लाका विभिन्न स्थानमा स्थानान्तरण हुने अभियानता सुनिता बेल्वासेले
जानकारी दिनुभयो।”हुनेले दिएर जाउँ, नहुनेले लिएर जाउँ” भन्ने नारालाई
आत्मसात गर्दै सञ्चालन हुन लागेको अभियानमा सबैले सक्दो सहयोग गर्नुहुन
अभियानता पाण्डव भण्डारीले अनुरोध गर्नु भएको छ। विभिन्न संस्थामा आवद्द
युवाले सयुक्त रुपमा सञ्चालन गर्ने अभियानमा मधुसुधन भुषाल,प्रविन गौतम,
सरोज घिमिरे, कोपिला गिरि लगायत युवाहरु मिलेर यो अभियान सफल पार्ने कुरा
अभियान्ता सरोज घिमिरेले जानकारी दिनुभयो।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६