अर्थ-वाणिज्य

मलखादमा धोका दिने ठेकेदार विरुद्ध कठोर ३ एक्सन : कृषिमन्त्री भुसाल



काठमाडौं, २२ भदौ तोकिएको समयमा रासायनिक मल आपूर्ति गर्न नगर्ने कम्पनी बिरुद्ध  कृषिमन्त्री घनश्याम भुसालले वटा कठोर एक्सन चाल्ने स्पष्ट पार्नु भएको जसकालागि  मन्त्री भुसालको निर्देशनपछि कृषि सामग्री कम्पनी लिमिटेडले मल नल्याउने दुई कम्पनी शैलुङ इन्टरप्राइजेज होनिको मल्टिपल बिरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको हो कम्पनीको आइतबार बसेको बैठकले दुवै कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्दै राखेको धरौटी रकम जफत गर्ने निर्णय गरेको हो

    शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीसँग भएको ठेक्का सम्झौता रद्द गर्दै धरौटी जफत गर्ने निर्णय गरिएको कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनु भयो  शैलुङले चार लाख ४०२ अमेरिकी डलर होनिको मल्टिपलले तीन लाख ७७ हजार ३७५ डलर रकम धरौटी राखेका थिए। त्यसबेलाको प्रचलित डलरको दरअनुसार शैलुङको चार करोड ८८ लाख ४९ हजार ४४ होनिकोको चार कोरड ५६ लाख ६२ हजार ३७५ नेपाली रुपैयाँ हुन जान्छ

    शैलुङसँग वैशाख १२ गते होनिकोसँग १५ गते मलको ठेक्का सम्झौता भएको थियो। दुवै कम्पनीले भदौ २० गतेसम्म ५० हजार मेट्रिक टन युरिया मल ल्याइसक्ने बताएका थिए। समयमा मल आपूर्ति नगर्ने ठेकेदार कम्पनीलाई कारबाही अघि बढाउन कृषिमन्त्री भूसालले गतसाता नै कृषि सामग्री कम्पनीलाई निर्देशन दिनु भएको थियो मन्त्री भुसालले ती दुबै कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय हुने वताउनु भएको तर यसमा कसैको दवावमा रोकिने हो वा कालोसूचीमा राखिने हो पर्खेर हेर्नु पर्ने भएको   

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६