प्रदेश

फेरिपनि लकडाउन हुन्छ तर मोडालिटी बदलिन्छ : प्रजिअ पौडेल



कपिलवस्तु २२ भदौ । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले कपिलवस्तुमा कोरोना संक्रमण नरोकिएकाले लकडाउन हुने वताउनु भएको छ । उहाले भदौ २३ देखि लकडाउनको स्वरुप बदलिने स्पष्ट पार्नु भयो । कुन कुन क्षेत्र बन्द हुने र कुन क्षेत्र खुल्ला राख्ने भन्ने निर्णय आज अपरान्ह  बस्ने डिएमसीसी बैठकले गर्ने उहाले प्रेसपाटीलाई  जानकारी दिनु भयो । उहाले उद्योगी ब्यावसायीले ब्यावसाय सूचारु गर्न पाउनु पर्ने माग गरेको विषय स्वभाविक भएको वताउनु भयो ।

    तर राज्यले नागरिकको ज्यान जोगाउनु पहिलो र अरु क्षेत्र संचालनमा आउनु दोश्रो प्राथमिकतामा राख्नु पर्ने स्पष्ट पार्नु भयो । समुदाय स्तरमा भयाभह स्थिती नआओस भन्नकालाागि भीडभाड हुने क्षेत्रमा केहि फरक ब्यवस्था हुन सक्ने औल्याउनु भयो । सार्वजनिक यातायात खोल्नै नसकिने , निजी क्षेत्रका साधान पनि निर्वाध सूचारु हुन दिन नसकिने , स्कुल कलेज ,सभा सम्मेलन भेला आदी राख्नै नहुने  जस्ता पक्षमा नागरिकहरु नै सचेत रहेको औल्याउनु भयो ।

    प्रशासन कार्यलय , राजनैतिकदल र नागरिक समाज मिलेरै कोरोना विरुद्ध लड्नु पर्ने भएकाले जे निर्णय हुन्छ त्यसलाई सहर्ष स्वीकारेर दैनिकी अघि वढाउन सबैमा आग्रह गर्नु भयो । यता लामो समय थपिदै गएको लकडाउन नमान्ने कपिलवस्तुका उद्योगी ब्यावसायीले सस्थागत निर्णय आइतवार नै गरेका छन् । लामो समयको बन्दाबन्दीले व्यवसाय चौपट भएको हुँदा अब लकडाउन विकल्प नभएको भन्दै जसरी पनि संचालन गर्नुपर्ने एकजुट भएका हुन् ।  जिल्लाका उद्योग वाणिज्य संघहरुको चारनम्बरमा आइतबार बसेको संयुक्त वैठकले जारी बन्दाबन्दीको मोडालिटीमा परिमार्जन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र सवै स्थानीय तहहरुको ध्यानाकर्षण गराउदै व्यवसाय संचालन गर्नुपर्ने निष्कर्ष निकालेका छन् । 

    कपिलवस्तु उद्योग वाणिज्य संघ चारनम्बर, तौलिहवा उद्योग वाणिज्य संघ, चन्द्रौटा उद्योग वाणिज्य संघले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै भाद्र २३ देखि बन्दाबन्दीको मोडालिटी फेर्न सुझाव दिदै सोही अनुसार गर्न जिल्ला प्रशासनलाई ध्यानाकर्षण गराएका छन् । चैत्रदेखिको बन्दाबन्दीले उद्योग व्यवसाय धरासायी बनाएको भन्दै भदौ २३ गते देखि नेपाल सरकारको स्वास्थ्य मापदण्ड अपनाई निर्वाध रुपमा उद्योग व्यवसाय लगायतका क्षेत्रहरु निर्वाध रुपमा सुचारु गर्न ध्यानाकर्षण गराएको कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।

    गत चैत्र ११ गतेदेखीको लकडाउनका कारण मानिसको दैनिक जनजीवन, उद्योग/व्यापार पूर्ण रुपमा प्रभावित भएको चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमशेर अलि मियाले बताउनुभयो । यस्तै लामो समयको लकडाउनले स्थानीय बजार, उद्योग व्यवसाय अस्तव्यस्त भएकाले अर्थतन्त्र चलायमान बनाउन सवै उद्योग व्यवसाय निर्वाध संचालन गर्नुपर्ने तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादिन कुर्मीको भनाई छ ।  

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६