ब्रेकिंग न्युज

पहिचान लुकाएर उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ



 काठमाडौं २२ भदौ । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् ।सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् ।महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी रुद्र सुनारको नाममा भर्ना भएका थिए ।

      सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारसहितको समूहले १३ भदौमा तिनपाटन गाउँपालिकाको भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको अपहरण गरेको थियो ।‘अपहरणमा संलग्न ७ जना त्यसबेलै पक्राउ परिसकेका थिए’, सिग्देलले अनलाइनखबरसँग भनिन्, ‘सुनुवार घटनापछि भागेर काठमाडौं पुगेका रहेछन् ।’ भाग्ने क्रममै उनको खुट्टा भाँचिएको र उपचारका लागि छद्म नामबाट भर्ना भएको पाइएको सिग्देलले सुनाइन् ।उनका अनुसार सुनुवार केही अघि जिल्लामा स्काभेटर जलाएको घटनाका समेत आरोपित हुन् । उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा पेश गरेको थियो ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६