ब्रेकिंग न्युज

विद्युत गृहमा कार्यरत एक कर्मचारी सहित बाढीले बगाएर दुई जनाको ज्यान गयो



ताप्लेजुङ, २२ भदौं । सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले बगाएर दुई जनाको ज्यान गएको छ । गए राति आएको बाढीमा परी तेल्लोकका राजु थेबे र विष्णुराज थेबेको ज्यान गएको हो ।स्थानीय नागदेवा खोला लघुजलविद्युत् आयोजनाको विद्युत गृहमा कार्यरत राजु र उनका साथी विष्णुराजलाई राति करीब १ बजे अचानक खोलामा आएको बाढीले बगाएको सिरिजंघा गाउँपालिकाका अध्यक्ष टीका गुरुङले जानकारी दिए ।राजु आयोजनाको विद्युत गृहका कर्मचारी हुन् भने विष्णुराज उनका साथी हुन् ।

                     स्थानीयवासीका अनुसार राजुले विष्णुलाई साथीका रुपमा विद्युत गृहमा लगेका थिए । उनीहरु दुवैको शव विद्युत गृहमुनि बगरमा भेटिएको छ ।बाढीले विद्युत गृह बगाएको बिहान मात्रै थाहा भएको थियो । नजीकैक पेदाङका बासिन्दाले बाढीले विद्युत गृह नै नरहेको देखेपछि घटनाबारे जानकारी भएको थियो ।अध्यक्ष गुरुङका अनुसार इलाका प्रहरी कार्यालयबाट प्रहरीको टोली र स्थानीयवासीको सहायतामा शव निकालिएको र परीक्षणका लागि जिल्ला अस्पताल ताप्लेजुङ ल्याउने तयारी भएको छ । अहिले विद्युत आपूर्ति समेत बन्द भएको छ भने क्षतिको विवरण समेत आउन बाँकी छ ।

प्रकाशित : २२ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६