गुल्मी २२ भदौँ । गुल्मीको इस्मामा कुटपिटबाट एक जनाको ज्यान गएको छ। इस्मा गाउँपालिका वडा नं २ हस्तिचौरका २३ बर्षीय मोति बहादुर कुँवरको ज्यान गएको प्रहरीले जनाएको छ।इस्मा गाउँपालिका १ हस्तिचौरको छिन्नाखेलामा होटल सञ्चालन गर्दै आएका कुवँर सोमबार बिहान घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए।मोति र दाजु यम बहादुर कुँवरले संयुक्त रुपमा होटल सञ्चालन गर्दै आएका थिए।
यम बहादुरले आफु ९ बजे घर गएको र बिहान आउँदा भाईलाई अचेत अवस्थामा रगताम्य फेला पारेको बताए।कुटपिटबाटै ज्यान गएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठको भनाई छ। उचेत कुँवरको उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको थियो।अस्पताल ल्याउँदा मृत्यु भइसकेकोले आफुहरुले मृत्यु घोषणा मात्रै गरेको गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक केदारराज पन्थको टोली घटना स्थल गएको छ।
प्रतिक्रिया