काठमाडौं २२ भदौँ । काठमाडौं युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी जवान उपेन्द्र थिङलाइ प्रहरी पक्राउ गरेको छ ।गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र भण्डारीका अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा थिङलाई पक्राउ गरिएको हो । प्रहरी जवान थिङले आइतबार वनकालीस्थित घरमै आएर आफूलाई बलात्कार गरेको पीडित युवतीको दाबी छ ।जाहेरी दर्ता भएपछि प्रहरीले उहाँको स्वास्थ्य परीक्षण समेत गराएको छ ।अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार जवान र पीडित भनिएको युवतीबीच पहिल्यैदेखि चिनजान रहेको पाइएको छ । तर, दुईबीचको सम्बन्धबारे विस्तृतमा खुलिसकेको छैन ।म्याद थप गरेपछि बयान लिने प्रहरी तयारी छ ।
२२ भाद्र २०७७, सोमबार
प्रतिक्रिया