पर्यटन

पर्यटन क्षेत्र पहिलाकै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञ



 काठमाडौं २३ भदौ । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्र पहिलाकै जस्तै अवस्थामा फर्कन कम्तिमा ५ वर्ष समय लाग्ने विज्ञहरुले बताएका छन् । कोरोना भाइरसको संक्रमण अझै कति समय लाग्छ भन्ने निश्चित नभएका कारण यसको प्रभाव समेत लामो समय जाने उनीहरुको भनाइ छ ।पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नहुने विज्ञहरुको भनाइ छ । नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको संभावनाबारे सोमबार भएको छलफलमा सरोकारवालाले पर्यटन अझै पनि पर्ख र हेरकै अवस्थामा रहेको बताएका हुन् ।

            नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायत निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रविृत्ति परिवर्तन हुने भन्दै अब ठुलो संख्यामा पर्यटक आउने अवस्था नरहेको उल्लेख गरे ।‘अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ,’ उनले भने, ‘जहाँ कुनै खास रुचीका आधारमा सेवा दिन सकिन्छ ।’

पर्यटन क्षेत्रमा केही नयाँ आविश्कार गर्न नसके पर्यटक भित्र्याउन मुस्किल हुने बताए । कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिस्चितता बढेको समेत उनले उल्लेख गरे । अब डरलाई व्यवस्थापन गर्दै पर्यटन क्षेत्रलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ ।होटेल व्यवसायी तथा पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठुलो समस्या परेको जानकारी दिए । उनले पर्यटनलाई पहिलाकै अवस्थामा फर्काउन चाररपाँच वर्ष लाग्ने बताए । उनले भने, ‘२०२४\२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न ।’पर्यटन क्षेत्रलाई जीवन्द राख्न सरकार र निजी दुबै क्षेत्रबीच समन्वय हुनुपर्ने उनको भनाइ छ ।

        अहिलेकै अवस्थामा पर्यटक भित्राउन समेत व्यवसायी तयार रहेको भन्दै त्यस्तो वातावरण मात्र राज्यले तयार गर्नुपर्ने उनको भनाइ छ ।पर्यटक भित्रने अवस्थामा विमानस्थल भित्र उनीहरुको व्यवस्थापन गर्न समेत निजी क्षेत्र तयार रहेको शाक्यले बताए । उनले संकटको समयमा कर्मचारीको तलब, बैंकको ऋण र घर भाडा कटौती नगरे पर्यटन क्षेत्रलाई पुनर्जीवन दिन समस्या भएको गुनासो समेत गरे ।विज्ञ र व्यवसायीले संकटका बीचमा पनि अब गतिविधिलाई अगाडि बढाउनुको विकल्प नभएको भन्दै नेपाल पनि त्यसका लागि तयार भने रहनुपर्ने सुझाव दिएका छन् । संसारका धेरैजसो मुलुकले क्रमशः बोर्डर खुला गर्न थालिसकेका छन् ।पर्यटकीय उत्पादनसमेत खुल्न थालेका छन् । यस्तो स्थितिमा स्वास्थ्य सुरक्षाको पालना गर्दै गतिविधिहरु संचालनमा जानु पर्ने धारणा विज्ञहरुको छ ।

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६