प्रदेश

कोरोनाबाट नेपालमा पहिलो पत्रकारको मृत्यु ,एनटिभीका अध्यक्ष बिष्टद्वारा शोक ब्यक्त



कपिलवस्तु २३ भदौ । कोरोनाबाट नेपाल मै पहिलो पटक एक अग्रज पत्रकारको मृत्यु भएको छ । सोमबार निधन भएका कपिलवस्तुका ६२ बर्षिय पत्रकार बनारसी बर्माको कोरोना संक्रमणबाट मृत्यु भएको हो । नेपाल पत्रकार महासंघका जिल्ला सभापति डिलाराम भुसालले कोरोनाबाट नेपालमा पत्रकारले ज्यान गुमाएको पहिलो घटना भएको बताउनु भएको छ । स्वर्गिय बर्मा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाको पूर्व उपसभापति रहनु एको थियो ।

    नेपाल टेलिभिजनमा लामोसमय जिल्लावाट काम गरेका पत्रकार बर्माको निधन प्रति नेपाल टेलिभिजनका वोर्ड अध्यक्ष महेन्द्र बिष्टले विज्ञप्ती जारी गरेर शोक प्रकट गर्नु भएको छ ।यता नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरी ,कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसाल र पूर्व अध्यक्ष भेषराज पाण्डेले अलगअलग बिज्ञप्ती मार्फत शोक ब्यक्त गर्नु भएकोछ ।  मृगौला समस्या, सुगर र उच्च रक्तचापबाट ग्रसित बर्माको मृत्युपछि कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिनुभयो । 

    परिवारले सामान्य रुघाखोकी जस्तै लक्षण देखिएको र स्वास प्रश्वासमा समस्या देखिएपछि अस्पताल लगेका वर्माको अस्पताले मृत्यु भएको पुष्टी गरेको थियो । मृतकको परिवारका सदस्य  गत भदौ ८ मै संक्रमित भएका थिए । हाल उनी आफनै घरमा बस्दै आएका छन । यस्तै मृतक बर्माको बुहारी समेत संक्रमित पुष्टी भएको कपिलवस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताउनु भएको छ । परिवारमा स्वर्गिय बर्माकी  श्रीमति र अर्काछोरा बुहारीको नतिजा भने नेगेटिभ भाएको छ । 

प्रकाशित : २३ भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६