ब्रेकिंग न्युज

आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ



इलाम २४ भदौँ । इलाममा आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले इलाममा एक युवकलाई पक्राउ गरेको छ ।इलामको देउमाई नगरपालिका – ६ शान्तिडाडाँका २३ वर्षीय युवकलाई इलाम नगरपालिका – ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।ती युवकले गएको भदौ ७ गते ६३ वर्षीया आफ्नी आमालाई जवर्जस्ती करणी गरेर फरार भएका थिए । आमालाई करणी गरेको किटानी जाहेरी परेपछि प्रहरीले युवाको खोजी थालेको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनु भयो ।सुवेदीका अनुसार, उनलाई गएराति प्रहरी निरीक्षक नवीन राईको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त विरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित : २४ भाद्र २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६