प्रदेश

३ हप्तादेखि बेपत्ता : कहाँ गइन ३२ बर्षिय इशरावती



कपिलवस्तु २६ भदौ ।  दुई नाबालक छोरा, छोरीसहित यशोधरा गाउँपालिका—६ भैसहियाकी एक महिला ३ हप्तादेखि बेपत्ता भएकी छिन् । घरबाट उपचार गर्न जान्छु भनी छोरा छोरी समेतलाई लिएर निस्केकी ३२ वर्षीया इसरावती गुप्ता ३ हप्तादेखि बेपत्ता रहेको उनका परिवारले जानकारी दिएका छन् । इसरावतीसँगै उनकी ८ वर्षीया छोरी सन्जना गुप्ता र ५ वर्षीय छोरा सोनु गुप्ता गएका थिए।इसरावती वेपत्ता भएको खबर पाए लगत्तै रुपन्देही जिल्ला लुम्विनी साँस्कृतिक नगरपालिका-६ मोग्लाहाका माइती पक्ष खोजीमा लागि परिरहेका छन्। 

    बेपत्ता महिला र बालबालिकाको खोजी गरी पाउँ भनी उनका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा निवेदन दिएका छन् ।वेपत्ता भएकी इसरावतीका पति २ वर्षदेखि वैदेशिक रोजगारीका लागि मलेसियामा रहँदै आएका छन् । पति वैदेशिक रोजगारीमा रहेको र पत्नी अन्य कसैसँगको प्रेम सम्वन्धमा परी बालबच्चा सहित गएको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीमा बेपत्ता महिलाको खोजीका लागि निवेदन प्राप्त भएलगत्तै जिल्लाका हरेक प्रहरी चौकीहरुमा पत्राचार गरी खोजी कार्य शुरु गरिएको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताउनुभयो । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६