प्रदेश

बिपिको प्रजातान्त्रिक समाजवाद कार्यान्वयको चरण आयो: सांसद मुसलमान



कपिलबस्तु २५ भदौ नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद अतहर कमाल मुसलमान बिपिको समाजवाद कार्यन्वनको चरण आएपनि नेपाली कांग्रेस सत्तामा नहुदा अवरोध श्रृजना भएको वताउनु भएको छ । उहाले बीपी कोइरालाले नेपाली जनताको अधिकार प्राप्तीको लागि गरेको योगदान अतुलनिय रहेको बताउनु भयो । उहाले बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद अहिलेको आवश्यकता भएको जिकिर गर्नु भयो । नेपालको राजनिती र साहित्यमा महत्पुण योगदान दिनुभएको प्रथम जननिर्वाचित विपि कोईरालाको १०७ औ जन्मजयन्ती विभिन्न कार्यक्रमका सन्दर्भमा कपिलवस्तुमा आयोजना  भएको कार्यक्रममा यस्तो वताउनु भएको हो।  नेपाली कांग्रेस र भातृ संगठनले विविध कार्यक्रम गरि जयन्ती मनाएका हुन् । 

        यसै क्रममा जिल्लामा नेपाल तरुण दल , नेपाल बिद्यार्थी सघं क्षेत्र नं.१ र बि पि कोइराला  युवा नेतृत्व बिकास मञ्चको सयुक्त आयोजनामा बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती अवसरमा  शैक्षिक समाग्री हस्तान्तरण  कार्यक्रम सम्पन्न भएको छ ।  बिपि कोइराला युवा बिकास मञ्चका अध्यक्ष राममणी पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका भातृ सगंठनले बाणगंगा नगरपालिका ९ भलवाडमा रहेको श्रीराम आधारभुत बिद्यालयलाई कुर्ची १५ वटा टेवल १ वटा , दराज १ वटा पंखा ४४ वटा हस्तान्तरण गरेको छ । कार्यक्रममा नेपाली काग्रेसका नेता हरिराज घिमिरे,दुर्गा सेन, शक्ति सिहं ठाकुरी , दिना सुबेदी , तिलक थापा ,दिनेश क्षेत्री, चन्द्राकान्त पोख्रेल  लगायतले  आफ्नो धारणा राख्नु भएको थियो । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६