ब्रेकिंग न्युज

पछिल्लो २४ घण्टामा प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गयो



काठमाण्डौ २५ भदौँ ।  पछिल्लो २४ घण्टामा बाढी पहिरोलगायत प्राकृतिक विपदमा परेर चार जनाको ज्यान गएको छ । गएको २४ घण्टामा विभिन्न जिल्लामा ६ वटा प्राकृतिक विपदका घटना भएका छन् । पहिरोमा एक महिला र दुई पुरुष तथा चट्याङमा एक पुरुषको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गएको १८ गते बाग्लुङको ढोरपाटन नगरपालिका ९ को भुसुण्डे, दुनेपोखरा र लाकुरीबोटमा गएको पहिरोमा ९३ वटा घर बगाउँदा हराइरहेका तीन जनाको शव भेटिएको छ । यो पहिरोमा २१ जनाको ज्यान गएको छ । १९ जना अझै सम्पर्कविहीन छन् ।

     यस्तै चार जना घाइते छन् । बाग्लुङको ताराखोला गाउँपालिका ३ को सिलमारेमा घरमा परेको चट्याङ लाग्दा एक पुरुषको ज्यान गएको हो । गएको वैशाख १ गतेयता पहिरोमा परेर दुई सय ५०, बाढीमा ३९,  चट्याङका कारण ५७ जना गरी तीन सय ४६ जनाको ज्यान गएको छ । यस्तै यो अवधिमा बाढी पहिरोमा परेर ८५ जना सम्पर्कविहीन छन् । प्राधिकरणका अनुसार यस अवधिमा विपदमा परेर तीन सय ९७ जना घाइते भएका छन् । 

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६