ब्रेकिंग न्युज

एसिड आक्रमणमा संलग्नलाई कारबाही गर्न तत्काल नयाँ कानुन ल्याउने :प्रधानमन्त्री ओली



 काठमाडौं २५ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) आक्रमणमा संलग्नलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन ल्याउने बताएका छन् ।त्यसका  निम्ति १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न पनि उनले कानून, न्‍याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे र सवद्ध निकायलाई निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।प्रधानमन्त्री ओलीले बिहीबार बालुवाटारमा १२ जना एसिड पीडितसँग भेट गरेका थिए । त्यस क्रममा गृहमन्त्री, कानुनमन्त्री, गृह, अर्थ र शिक्षा मन्त्रालयका सचिव, महान्यायाधिवक्ता र प्रहरी महानिरीक्षकसमेत सहभागी थिए ।

       उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु(याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताए । प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने र लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने, नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत सरकारले गर्ने घोषणा गरेका प्रेस सल्लाहकार थापाले बताएका छन् ।

         एसिड पीडितलाई नि शुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने, उचित तालिम, रोजगारी, व्यवसाय र जीविकाको प्रबन्ध सरकारले मिलाउने समेत प्रधानमन्त्री ओलीले बताएका छन् ।प्रधानमन्त्रीले सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गर्ने आश्वासन पनि दिएका छन् ।हरेक बर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत प्रधानमन्त्री ओलीले आह्वान गरेका छन् ।सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा एसिड आक्रमणको पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने पनि उनले बताएका छन् ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६