कपिलवस्तु २५ भदौ । कपिलवस्तुमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौला र उच्च रक्तचापका बिरामी कपिलवस्तुका नगरपालिका वडा नम्बर ५ का २९ बर्षिय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलस्तुले जनाएको छ । बिरामी परेपछि उपचारकालागि काठमाण्डौको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते मृतकमा कोरानो पुष्टी भएको थियो । उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । मृतक लेबर काम गर्ने गर्थै । यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ ।
यता ५ सुरक्षाकर्मी र एक वकील सहीत कपिलवस्तुमा एकै पटक ४६ जना कोरोना संक्रमित थपिएका छन । यससंगै जिल्लामा संक्रमितको संख्या १२ सय २४ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुुले जनाएको छ । स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापा अनुसार कपिलवस्तु नगरपालिकामा २३ जना, मायादेबी गाउपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा ६ जना र सुद्धोदन गाउपालिकामा २ जना रहेका छन । कपिलवस्तु नगरपालिका वडा नम्बर १ मा १३, २ मा ३, ३ मा एक, ४ मा एक, ५ र ६ मा दुई दुई जना र ७ मा एक जना थपिएका हुन । थपिएका ५ जना सुरक्षाकर्मी जिल्ला प्रहरी कार्यालयमा कार्यरत हुन ।
उता एक जना वकील सहीत १५ जना भने मायादेबीमा थपिएका छन । कपिलबस्तु नगरपालिका र मायादेबी गाउपालिका बिद्यर्थी शिक्षक, कृषक, राजनीतक दलका नेता, बैकका कर्मचारी ब्यापारी गृहिणी, लगायतका संक्रमित भएका हुन । यस्तै बाणगंगा नगरपालिकामा थपिएका ६ जना भने भारतबाट काम गर्न आएका मजदुर हुन । वडा नं. ४ का ५ र वडा नं. १ का १ जना संक्रमित थपिएका हुन् । नगरबाट सकंलन गरिएका ७५ जनाको स्वाव मध्ये ७० जनाको रिपोर्टमा ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५ जनाको रिर्पोट आउन बाकीँ रहेको छ ।कोरोनाको अवस्थमा सुधार हुदै गएको बेला जिल्लामा एकै पटक ४६ जना थपिए पछि भने फेरी त्रास बढेको छ । जिल्लामा अहिले सकृय संक्रमितको संख्या १ सय ५६ रहेको छ ।
प्रतिक्रिया