प्रदेश

प्रदेश ५ : एकैसाथ १ सय ५१ मा कोरोना,कहाँ कति थपिए ? रुपन्देहीमा मुक्त हुने क्रम उच्च



बुटवल २५ भदौ ।  प्रदेश ५ मा बिहीबार १ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५१ जना महिला र १ सय जना पुरुष छन् । यससँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ६ सय ५९ पुगेको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले बताए । संक्रमण हुनेहरूमा पुरुष ६ हजार १ सय ३१ जना छन् भने महिला १ हजार ५ सय २३ जना छन् ।प्रदेशमा बिहीबार थपिने संक्रमितमा रुपन्देहीमा ६९, कपिलवस्तुमा ४२, पाल्पामा २९, गुल्मीमा ५ र बाँके र दाङमा ३र३ जना छन् ।

    संक्रमितमध्ये एक हजार ८ सय ८० जना कोरोना संक्रमित उपचारको क्रममा छन् । जसमा १ सय ३४ जना लक्षणसहितका बिरामी भएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पौडेलले बताए ।संक्रमितमध्ये १ सय ३१ जना कोरोना विशेष अस्पतालमा छन् । जसमा जटिल खालका २१ जना आईसीयू र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । लक्षणविहीन अन्य संक्रमित भने आइसोलेसन केन्द्रमा रहेका छन् । कोरोना संक्रमणका कारण प्रदेशमा ४३ जनाले ज्यान गुमाएका छन् ।यता रुपन्देहीमा बिहीबार ८९ जना कोरोनामुक्त भएका छन् । कोरोना अस्पताल र विभिन्न आइसोलेसन केन्द्रबाट बिहीबार उनीहरुलाई कोरोनामुक्त घोषणा गरिएको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत ओमप्रकाश गुप्ताले जानकारी दिए । यससँगै जिल्लामा अहिलेसम्म ७ सय ४७ जना कोरोनाबाट निको भएका छन् ।

        बिहीबार रुपन्देहीमा थप ३१ जनामा कोरोना पुष्टि भएको छ । थपिनेमा २० जना पुरुष र ११ जना महिला छन् । योसँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या १ हजार ४ सय २१ पुगेको रुपन्देही स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत गुप्ताले जानकारी दिए ।जिल्लामा हाल ६ सय ६० जना संक्रमित उपचारका क्रममा छन् । कोरोना संक्रमितमध्ये अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित : २५ भाद्र २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६