रुपन्देही २६ भदै । रुपन्देहीमा कुल संक्रमितको ५० प्रतिशत सकृयसंक्रमितका रुपमा रहेका छन् । कुल संक्रमितको संख्या १३९० पुगेको र निको हुनेको संख्या ६५८ जनामात्र रहेकाले यस्तो देखिएको हो ।जिल्लामा ४२ जना कोरोना भाइरसका संक्रमित थपिएपछि संक्रमितको संख्या १३९० पुगको हो । रुपन्देहीमा बुधबारसम्म १४ जनाको मृत्यु भसकेको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बुधबार २४ जना पुरुष र १८ जना महिला गरी ४२ जना थपिएका हुन् । सक्रिय संक्रमितको संख्या ७१८ छ । रुपन्देहीमा ६५८ जना संक्रमणमुक्त भई घर फर्केका छन् ।स्वास्थ्य कार्यालय, रुपन्देहीका अनुसार बुटवल उपमहानगरमा ७ जना, सिद्धार्थनगरमा २४ जना, कोटहीमाइमा ५ जना, देवदहमा २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकामा २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १र१ जना संक्रमित थपिएका छन् ।
प्रतिक्रिया