प्रदेश

शोक सभा सम्पन्न



कपिलवस्तु, २६ भदौ


नेपाली काँग्रेस कपिलवस्तु नगर कार्य समितीका उपसभापति सोमनाथ पौडेलको
सम्झनामा शोक सभा सम्पन्न गरिएको छ । नेपाली काँग्रेस कपिलवस्तु नगर ईकाई
समितीको आयोजनामा बिपी स्मृती भवन तौलिहवामा शोकसभा आयोजना आयोजना गरिएको
थियो । भदौ १८ गते काठमाण्डौको ग्राण्डी अस्पतालमा उपचारका क्रममा ५३
बर्षको उमेरमा असामयिक निधन भएका पौडेल पार्टीको वफादार कार्यकर्ता रहेको
शोकसभामा उपस्थित नेताहरुले बताए । पार्टीका पुर्व जिल्ला सभापति राजेश
आचार्यले स्वर्गिय पौडेलले पार्टी प्रति योगदान दिई पार्टी कार्यमा सदैव
क्रियाशिल रहेकाले पार्टीले उनका कार्यको मुल्याङ्कन गर्नु पर्ने बताए ।
पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले पौडेलको असामयिक निधनले सिङ्गो
पार्टी शोकाकुल भएको बताए । स्वर्गिय पौडेलको कार्यको मूल्याङ्कन गर्नु र
परिवारको ख्याल गर्नु पार्टीको दायित्वमा पर्ने प्रदेश २ (ख) का सभापति तथा
यशोधरा गाँउपालिकाका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताए । सो अवसरमा
पार्टीका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले फोन मार्फत दिएको शोक सन्देश
सभाका सहभागीलाई सुनाईएको थियो । पार्टीका नगर सभापति प्रशान्त कार्कीको
अध्यक्षता, सहसचिव अर्जुन चापागाईको सञ्चालनमा सम्पन्न कार्यक्रममा
पार्टीका पुर्व जिल्ला सचिव सुरेश शर्मा, वडा नम्बर २ का अध्यक्ष रामभजन
कलवार र वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरे लगायतले शोक मन्तब्य दिएका थिए

प्रकाशित : २६ भाद्र २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६