प्रदेश

अधिकारकर्मीले गराए जन प्रतिनिधीलाई ध्यानाकर्षण



कपिलबस्तु २७ भदौ  कपिलबस्तु जिल्लाका मनाब अधिकारसगं सम्बद्ध निकायहरुले संयुक्त प्रेश बिज्ञप्ती जारी गर्दै जनप्रतिनिधीहरुको ध्यानाकर्षण गराएका छन् । पछिल्लो समय समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गईरहेको भन्दै स्वास्थ्य सुरक्षा र सर्तकता अपनाउन आग्रह गरिएको छ । स्थनिय स्तरमा निर्माण भएका आइसुलेशनमा रहेका बिरामी प्रति सरोकारवाला निकाय संबेदनशिल हुनु पर्ने भन्दै सम्बद्ध संस्थहरुले जनप्रनिधिहरुको ध्यानकार्षण गएका हुन् ।
    
विज्ञप्तीमा भनिएको छ “ नेपाल सरकारको मापदण्ड बमोजिम जिल्लामा रहेका क्वारेन्टाईन, आईसोलेसन सेन्टर व्यस्थीत र प्रभावकारी नहुदा संक्रमितहरुको स्वास्थ्य अवस्थामा ध्यान दिनका लागि गम्भिर ध्यानाकषर्ण भएको छ ।”यस्तै कारोना महामारीबाट सुत्केरी महिला , बालबालिका, युवा तथा बद्धबृद्धा लगाएतका सबै व्यक्ति कोरोनाबाट प्रभावित भैरहेको भन्दै सुत्केरी महिला ,डायलासिसका बिरामी र अन्य जटिल प्रकारका विरामीहरु स्थानीय स्तरमा निमाण भएका आइसोलेशनमा बस्न बाध्य भएको भन्दै स्थानीय जनप्रतिनिधी तथा सरोकारवाला निकाय संवेदनशील भई जिम्मेवार हुन आग्रह गरिएको छ ।
    उनीहरुको स्वास्थ्य अबस्थालाई ध्यानमा राख्दै सुबिधा सम्पन्न कारोना बिशेष अस्पतालमा राखेर उपाचार गर्न गराउन अपिल गरेको जारी गरेको बिज्ञिप्तमा उल्लेख गरिएको छ ।
मनाब अधिकार एलाइन्सका केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं. ५ का इन्चार्ज पोम नारायण पौडेल ,मनाब अधिकार एलाइन्सका जिल्ला अध्यक्ष रोमकान्त घिमिरे , आर्थिक सामाजिक तथा सस्कृतिक अधिकार प्रदेश नं. ५ का संयोजक तेज प्रसाद आचार्य ,शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल प्रदेश नं.५ को संयोजक हरि अधिकारी , पत्रकार महासघं कपिलबस्तु शाखाका अध्यक्ष डिलाराम भुषाल ,सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष सुर्यकुमारी शाही ,अन्तरपार्टी महिला सञ्जाल कपिलबस्तुका सदस्य चेतना अधिकारी लगायतको हस्तक्षरित बिज्ञिप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६