प्रदेश

भैरहवा बिमानस्थलको प्रगती र लुम्विनीको पर्यटनमा मन्त्री भटटाईको स्थलगत अध्ययन



भैरहवा २७ भदौ । लकडाउन अन्य क्षेत्रमा खुकुलो भएपनि पर्यटन क्षेत्र बन्दाबन्दीकै अवस्थामा छ। पर्यटन व्यवसायीले व्यवसाय सञ्चालनका लागि अनुमति दिन माग गरेपनि सरकारले यसबारे निर्णय गरिसकेको छैन।यही बीचमा पर्यटन मन्त्री योगेश भट्टराई पश्चिम क्षेत्रकै पर्यटनमा प्रभाव राख्ने भैरहवास्थित गौतमबुद्ध विमानस्थलको अवलोकन, प्रगतिको अवस्था  र लुम्बिनीको पर्यटनबारे बुझ्नका लागि रुपन्देही आएका छन्।

    शुक्रबार भैरहवा विमानस्थलको अवलोकनका साथै प्रगति विवरण लिएका उनले शनिबार लुम्बिनीमा पर्यटनबारे छलफल गर्ने छन्। साथै उनी विकास कोषको बैठकमा सहभागी हुने कार्यक्रम छ। लुम्बिनीका पर्यटन व्यवसायीले लुम्बिनीमा मायादेवी मन्दिर खुला गर्न र पर्यटक आउने वातावरण बनाउन माग गरिरहेका छन्। शुक्रबार नै रुपन्देहीका केही व्यवसायीले पर्यटन र यातायात सञ्चालनको माग गर्दै उनलाई ज्ञापनपत्र पठाएका थिए।

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६