पर्यटन

लुम्बिनी बिकास कोषको बेथिती , ऐन नियम बिरुद्ध कायम मुकायम



भैरहवा २७ भदौ ।  लुम्बिनी विकास कोषले आफ्नै ऐन नियम विरुद्धको कामलाई लामो समय सम्म रोक्न सकेको छैन ।अध्यक्ष समेत रहनु भएका पर्यटन मन्त्री योगेश   भटराई समेतलाई यो विषय थाहा भएको श्रोत वताउछ । तर अहिले सम्म त्रुटी सच्चाउने कुनै निर्णय भएको छैन । यतिबेला मन्त्री भटराई लुम्विनीमा कोषकै बैठकका लागि आउनु भएको छ तर यो बेथिती प्रति उहाको ध्यानाकृष्ट हुन्छ हुन्न थाहा छैन श्रोतले भन्यो । विवरण अनुसार कायम मुकायम लेखा प्रमुख रहेका नवल किशोर यादवलाई नियम बिपरित  फेरी पनि लामो समयदेखि कायममुकायम लेखा प्रमुखको जिम्मेवारीमा निन्तरता दिएको छ ।

        २०७६ बैषाखमा लेखा प्रमुखमा बरिष्टताको आधार भन्दै जिन्सि फाँटका अधिकृत नवल किशोर यादवलाई विकासको कोषको व्यवस्थापन पक्षले टुपुक्क उठाएर कामु लेखा प्रमुखको जिम्मेवारी दिएको थियो। यादवलाई कामु दिदा नै विकास कोषको व्यवस्थापन पक्षले नियम विपरित फरक फाँटका कर्मचारीलाई आफु अनुकुल काम गराउन कामुको जिम्मेवारी दिएको  थियो । तर व्यवस्थापन पक्षले विकास कोषको  कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी बिनयिमावली २०५८ को विपरित पुनः यादवलाई नै निरन्तरता दिए पछि यसमा कसैको स्वार्थ जोडिएको लुम्बिनी विकास कोषका एक पदाधिकारी बताउछन् । 

        उनि भन्छन् ‘सबै उपाध्यक्ष र कोषाध्यक्ष ले भने अनुसार नै हुन्छ, उहाँहरुका अगाडी ऐन, कानुन नियम केही पनि कुनै सरोकार राख्दैन्’ उनले भने उपाध्यक्ष र कोषाध्यक्षले यादवलाई नै राख्न  हरेक हिसावले मुल्य चुकाउनु भएको छ तर ऐन नियमले नियमले मिल्दैन् उनले भने ।  लुम्बिनी विकास कोषको कर्मचारी सेवा, शर्त तथा सुविधा सम्बन्धी विनियमावली २०५८ को परिच्छेद ५ मा कुनै पनि कर्मचारीलाई कामु गर्दा बढिमा १ बर्ष सम्मको लागि मात्रै गर्न पाउँने व्यवस्था उल्लेख गरिएको छ ।

       सो विषयमा विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठीले भने विकास कोषमा कर्मचारी अभाव रहेको एक बर्ष देखिनै विकास कोषले मन्त्रालय संग एक जना लेखा अधिकृत माग गरेता पनि सो को पदपूर्ती नहुंदा अन्य फाँटका कर्मचारीहरुलाई पनि लेखामा जिम्मेवारी दिनु परेको प्रेसपाटीलाई जानकारी दिनु भयो  । तर सोही कोषमा यादव भन्दा सिनियर लेखा अधिकृत भिम बस्नेत रहेका छन् ।’कोषका पदाधिकारीले त्यो कुरा बुझपचाई रहेका मात्र हुन् । आज बस्ने बैठकले यो बेथिती प्रति समयमै ध्यान दिनु जरुरीछ । 

प्रकाशित : २७ भाद्र २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६