कपिलवस्तु , भदौ २७
कोरोना संक्रमितको स्याहार सुसारको लागी स्थानिय सरकारले चासो नलिएको वेलामा प्रशासन भने जागेको छ । शनिवार प्रमुख जिल्ला अधिकारी , नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले संक्रमितको अवस्थाको वारेमा जानकारी लिदै फलफुल र स्वास्थ्य किट सहयोग गरेको छ । कपिलवस्तु नगरपालिकाको आइशोलेशन र होम आईशोलेशनमा रहेका ३१ संक्रमितलाई फलफुल र स्वास्थ्य किट दिईएको छ ।
कोरोना संक्रमितको मनोवाल उच्च बढाउनका लागी बनाउनका लागी प्रशासनले संक्रमितलाई सामाजिक दुरी कायम गरी भेटेर स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट दिएको छ । भदौ २२ गते संक्रमणका कारण मृत्यु भएका सञ्चारकर्मी बनारसी वर्माको परिवारका संक्रमण भएका सदस्यलाई भेटि स्वास्थ्य लाभको कामना गर्दै फलफुल सगै स्वास्थ्य किट प्रदान गरेको थियो । कोभिड १९ संक्रमित भई आईशोलेशनमा रहेका कपिलवस्तु नगरपालिकाका संक्रमितलाई घरमै पुगी हौसला प्रदान गरिएको र कार्यक्रमलाई अन्य स्थानमा समेत सञ्चालन गर्ने योजना रहेको कपिलवस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।
अन्य जिल्लामा यस्ता किसीमका अभ्यास भई रहेका छन् । कपिलवस्तुमा पनी संक्रमितको मनोबल उच्च बनाउनका लागी भेटघाट गरि स्वास्थ्य लाभको कामना गरीएको छ । संक्रमितको हौसला वढाउने काम अरु निकायबाट समेत होस भन्ने अपेक्षा गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको समन्वयमा प्रजिअ दिर्घ नारायण पौडेल, प्रहरी उपरिक्षक नवराज अधिकारी, शसस्त्र प्रहरी उपरिक्षक धु्रब कार्की, अनुसन्धान प्रमुख जयेन्द्र उपाध्याय सहितको टोली होम आईशोलेशनमा रहेका संक्रमितको घर घरमा पुगेको थियो । बितरण गरिएको स्वास्थ्य किट युएफएड र युनिसेफले सहयोग गरेको थियो भने कपिलवस्तु प्रहरीले सबैलाई फलफुल उपलब्ध गराएको थियो ।
कपिलवस्तु जिल्लामा हाल सम्म १ हजार २ सय ३० जनामा कोरोना संक्रमण देखिएकोमा १ सय ५९ सक्रिय संक्रमित छन । जिल्लामा हाल सम्म ६३ जना सुरक्षाकर्मी समेत संक्रमित भएका छन ।
प्रतिक्रिया