प्रदेश

टिप्पर आतंकको शिकार भए तौलिहवाका एक प्रहरी



बुटवल २८ भदौ । धेरै ढुवानी गरेर धेरै रकम कमाउने प्रतिस्पर्धामा जनजीवन आतंकित हुनेगरी हाक्ने टिप्परका कारण रुपन्देहीको धागो कारखाना नजिक कपिलवस्तु तौलिहवाका एक प्रहरी जवानको ज्यान गएकोछ भने एक जनवान घाइते भएकी छन् । प्रेसपाटीलाई प्राप्त विवरण अनुसार स्कुटरमा रहेका उनीहरु दुबै जनालाई तीव्र स्पीडको टिप्परले ५० मिटर बढी घिसारेको थियोे । पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल धागो कारखाना नजिकै टिप्परको ठक्करबाट बुटवलमा एकजना प्रहरी जवानको ज्यान गएको हो ।

    साथै उक्त घटनामा परि एक जना प्रहरी जवान घाईते छन ।कपिलबस्तु नगरपालिका वडा नं ४ तौलिहवा घर भई जिल्ला प्रहरी कार्यालय बाग्लुंङमा कार्यरत प्रहरी जवान अमित श्रेष्ठको ज्यान गएको हो ।जिल्ला प्रहरी कार्यालय बाग्लुंङबाट बिदा लिएर घर आएका प्रहरी जवान श्रेष्ठ र सोही कार्यालयमा कार्यरत प्रहरी जवान सन्तोषी थारु सवार स्कुटरलाई लु १ ख ८९९ नं को टिप्परले अगाडीबाट ठक्कर दिएको थियो ।प्रत्यक्षदर्शीका अनुसार टिप्परले उनीहरु सवार स्कुटर सहित दुवैजनालाई करिव ५० मिटर पर सम्म लतारेको थियो ।

    टिप्परको ठक्कर बाट दाहिने खुटटा चुडिएका श्रेष्ठको गुप्तांगमा समेत गम्भिर चोट लागेको र उपचारका क्रममा भैरहवा स्थीत युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।उक्त घटनामा घाईते प्रहरी जवान सन्तोषी थारुको दाहिने हात भाचिएको र सोही मेडिकल कलेजमा उपचार भई रहेको तथा अवस्था समान्य हुदै गएको प्रहरीले जनाएको छ ।घटनामा सम्लग्न सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको छ भने चालक भने घटनास्थलबाटै फरार रहेको प्रहरीले बताएको छ ।तस्बीर समयचक्रवाट 

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६