अन्तर्राष्ट्रिय

भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिए



काठमाण्डौ २८ भदौँ । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजारभन्दा धेरै कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय ८८ पुगेको छ ।यस्तै भारतमा एकैदिन ११ सयभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । योसँगै भारतमा  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ७८ हजार ६ सय १४ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा अमेरिकामा ३७ हजार ४ सय ४४ सङ्क्रमित थपिएका छन् भने झन्डै ७ सय जनाको ज्यान गएको छ । 

            अमेरिकामा अहिलेसम्म जम्मा सङ्क्रमितको संख्या ६६ लाख ७४ हजार ७ सय ६३ र ज्यान गुमाउनेको सङ्ख्या १ लाख ९८ हजार १ सय १९ पुगेको छ ।यस्तै ब्राजिलमा ३१ हजार ८ सय ८० कोरोना सङ्क्रमित थपिँदा कुल सङ्क्रमितको संख्या ४३ लाख १५ हजार ८ सय  पुगेको छ । हिजो ब्राजिलमा ८ सय सङ्क्रमितको ज्यान गएसँगै  कोरोनाका कारण ज्यान गुमाउनेको संख्या  १ लाख ३१ हजार २ सय पुगेको वल्ड्रोमिटरले जनाएको छ ।पछिल्लो विवरणअनुसार विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या २ करोड ८९ लाख २८ हजार ७ सय ५० पुगेको छ भने ९ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६