कपिलवस्तु २८ भदौ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले संचालन गरेको स्थानीय समुदायलाई सचेत पार्दै जिम्बेवार निकायलाई जवाफदेही बनाउने पहल कार्यक्रम अन्तरगतको समस्या पहिचान सरोकारवाला निकायको पहिचान र कार्ययोजना निमार्ण कार्यक्रम बाणगगा नपा ४ जगेहडामा सम्पन्न भएको छ । मानवअधिकार समुहका सदस्य तथा अन्य सरोकारवाला निकायको बैठकले शिक्षा, स्वास्थ्य,खाध्य र अवाशको अधिकार सम्बन्धी समस्या पहिचान सरोकारवाला निकायको पहिचान गर्नुको साथै बार्षिक कार्ययोजना समेत निमार्ण गरेको छ ।
बैठकले कोभिड १९का कारण शिक्षा स्वास्थ्य,खाध्य र अवासको अधिकारका सवालमा पारेको असर हरुको विश्लेषण गर्दै विभिन्न समस्याहरुको पहिचान गर्नुको साथै समस्या समाधानका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्ने निर्णय गरेको छ । कोभिड १९ले शिक्षामा पारेको असरका विषयमा सरोकारवाला सगं अन्तरकृया गर्ने, ,कोभिडका कारण खाधान्यको समस्यामा परेका दैनिक ज्यालादारी तथा गरिव र विपन्न परिवारलाई सरकारले रोजगारी या राहत वितरण गर्नु प्रर्ने विषयमा स्थानीय सरकार सगं समन्वय र सहकार्य गर्ने ,खाध्यबस्तुमा हुने मिसावट, गुणस्तरीयताका विषयमा अनुगमन गर्न नगरपालिकालाई आग्रह गर्दै कृषकहरुलाई रासायनिक मल विउ समयमा उपलब्ध गराउन पहल गर्ने, ।
यस्तै दिर्गरोगिहरु तथा जेष्ठनागरिक ,बालबालिका, गर्भवति महिलाहरु उपचार चेकजाचको सहज बातावरण निमार्ण तथा महिला मैत्रि आइसोलेसनका लागी सम्वन्धीत निकायमा ध्यान आर्कषण गराउने सुत्केरी, गर्भवति केटाकेटी र बुढाबुढीहरुका लागी छुट्टै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको आइसुलेसनको ब्यावस्था गर्न सरोकारवाला सगं छलफल अन्तरकृया गर्ने , कोभिड १९का कारण हुने दुरब्यावहार र भेदभाव विरुद्ध सचेतन कार्यक्रमहरु सचालन गर्ने लगाएतका कार्ययोजना निमार्ण गरिएको मानवअधिकार समुहका अध्यक्ष रोमकान्त घिमिरेले बताउनु भयो । बैठक मानवअधिकार समुहका अध्यक्ष रोमकान्त घिमिरेको अध्यक्षता ,सचिव चेतना अधिकारीको संचालनमा भएकोमा इन्सेक सहजकर्ता नन्दराम पौडेलले समग्र कार्यक्रमको विषयमा सहजीकरण गर्नु भएको थियो ।
प्रतिक्रिया