ब्रेकिंग न्युज

सभामुख सापकोटा सहितको टोली सिन्धुपाल्चोको घटनास्थलतर्फ प्रस्थान



काठमाडौं २८ भदौँ । सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका ७ घुम्थाङ नागपुजे र भीरखर्क गाउँ पहिरोले बगाएपछि उद्धारका लागि सभामुख अग्निप्रसाद सापकोटासहितको टोली घटनास्थलतर्फ गएको छ। उनी सडकमार्गबाटै  त्यसतर्फ प्रस्थान गरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जनाएका छन्।एक किलोमिटर माथिबाट आएको पहिरोले नागपुजेका ७ घर र भीरखर्कमा १० घर पूर्ण रुपमा बगाएको छ भने थप ३ घरमा क्षति पुर्‍याएको छ। बाह्रबिसे नगरपालिका ७ घुम्थाङका वडासदस्य वीरबहादुर थापाका अनुसार नागपुजे गाउँमा १० परिवार बसोबास गर्दै आएका थिए। ती घरका मान्छे बेपत्ता भएपछि सम्पर्क गर्ने प्रयास थालिएको छ। घटनास्थलमा पुगिसकेका इलाका प्रहरी बाह्रबिसे प्रहरी निरीक्षक नवराज न्यौपानेले नागपुजेका ७ घरमा १७ जना बेपत्ता भएको सूची बनाइसकिएको छ। 

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६