लुम्बिनी

प्रहरी हवल्दार माथि चक्कु प्रहार



भदौ २८, दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार खडक खत्रीमाथि चक्कु प्रहार भएको छ । गएराति जिप्रका अगाडिकै होटलमा प्रहरी हवल्दार ४० वर्षीय खत्री र होटल साहुनीबीच विवाद भएको थियो ।विवादकै क्रममा होटल साहुनीले हवल्दारलाई चक्कु प्रहार गरेकी हुन् । घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भएको छ । चक्कु प्रहार गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै पक्षबीच भनाभन भई विवाद हुँदा ती महिलाले प्रहरीमाथि चक्कु प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए । हवल्दार होटलमा गएर बेला–बेला खाजा खाने गर्थे । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६