शिक्षा

लुम्बिनी विश्वविद्यालयको डोर टु डोर परीक्षा



भैरहवा २८ भदौ ।   लुम्बिनी बौद्ध विश्वविद्यालयले आइतबारदेखि ‘डोर टु डोर’ परीक्षा सुरु गरेको छ । एउटा केन्द्रमा १५ जना विद्यार्थी नबढ्ने गरी स्नातक र स्नातकोत्तर तहको परीक्षा लिइएको हो । विद्यार्थीले मागेकै स्थानमा परीक्षा केन्द्र तोकिएको छ । धेरै विद्यार्थी भएका विषयमा केन्द्रमार्फत र कम विद्यार्थी भएकालाई अनलाइनमार्फत परीक्षा लिइएको विश्वविद्यालयका रजिस्ट्रार तिलक आचार्यले जानकारी दिनुभयो । कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने अनिश्चित भएकाले शैक्षिक कार्यक्रमलाई निरन्तरता दिन स्वास्थ्य मापदण्ड पालना गर्दै परीक्षा सञ्चालन गरिएको उहाले बताउनुभएको छ ।

    यसअघि कोरोनाकै कारण दुई पटकसम्म उक्त परीक्षा स्थगित गरिएको थियो । विश्वविद्यालयमा आइतबारदेखि स्नातक तहको बीबीटीटीएम, बीएएलएलबी, भोट भाषा र स्नातकोत्तर तहका सबै विषयको परीक्षा सुरु भएको हो । परीक्षाका लागि रुपन्देही, कपिलवस्तु, नवलपरासी, काठमाडौं र हुम्लामा परीक्षा केन्द्र तोकिएका छन् । बीएएलएलबीका एक विद्यार्थी हुम्लामा रहेकाले उनलाई हुम्ला क्याम्पसबाट परीक्षा दिने व्यवस्था मिलाइएको विश्वविद्यालयले जनाएको छ । 

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६