प्रदेश

बाख्रा चराउदा र पासोमा पर्दा २ को मृत्यू



बुटवल २८ भदौ ।  रुपन्देहीको देवदहमा बाख्रा चराउन गएकी एक महिलालाई खोलाले बगाएर मृत्यु भएको छ । रुपन्देही देवदह नगरपालिका–८ कालिका टोल बस्ने वर्ष ६२ की भिमिश्वरा चिदीको बाख्रा चराउने क्रममा घोडाहा खोला तर्दै गर्दा खोलाले बगाएर मृत्यु भएको हो ।  उनको शवलाई खोलाले बगाई रोहिणी पुल नजिकै पुर्याएको अवस्थामा स्थानीयहरुले फेला परेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

    यता बँदेल मार्न आफैंले थापेको पासोमा परी पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलमा एक जनाको मृत्यु भएको छ। बँदेल मार्न घर नजिकैको जंगलमा घेरिएको तारमा ५ जना मिलेर करेन्टको पासो थापेका थिए । तीमध्ये ४५ वर्षीय ओमनारायण यादवको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राजु लामाले बताउनुभएको छ ।  सँगै गएका साथीको मृत्यु भएपछि हतास बनेका अन्य ४ जनाले यादवको शव नजिकैको कुलोमा गाडेका थिए ।

        शुक्रबार रातिसँगै गएका साथी फर्के पनि यादव नफर्केपछि परिवारले उनको खोजी गर्दा गाडिएको अवस्थामा शव फेला परेको हो । शव गाडेर फरार रहेका मध्ये २ जनालाई रुपन्देहीबाट पक्राउ गरिएको डिएसपी लामाले बताए। अन्यको खोजी कार्य भइरहेको छ । पक्राउ परेकासँग गरिएको सोधपुछका क्रममा आफूहरु फसिने डरले साथीलाई गाडेको बयान दिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २८ भाद्र २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६