कपिलवस्तु भदौ २८
कपिलवस्तुमा कोरोना
संक्रमणबाट छोरा मरेको १७ दिनमा संक्रमित आमाको पनी ज्यान गएको छ । जिल्लाको मायादेवी गाउँपालिका ७ हर्नामपुर
लालपुरका ६५ वर्षीय महिलाको आइतबार बिहान मृत्यु भएको छ । उनलाई भदौ २५ गते
झाडापखाला लागे पछि उपचारका लागी युनिभर्सल कलेज मेडिकल शिक्षण अस्पताल भैरहवा
पुराइएको थियो । उपचारका गरिएको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । मृत्यु भएका
उच्च रक्तचापको समेत समस्या रहेको थियो ।
मृतकका छोराको भदौ ११ गते
कोरोना संक्रमणका कारणले निधन भएको थियो । उच्च ज्वरो आए पछि उपचारका लागी
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको थियो । छोराको मृत्यु पछि स्वाब
परीक्षण गर्दा परिवार सबैको रिपोर्ट नेगेटिभ आएको थियो । तर छिमेकी २ जनामा कोरोना
देखिएको थियो ।
गाउँपालिकाको आइसोलेसन
सञ्चालनमा छैन ।
गाउँमा संक्रमित फेला परे पनि
गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन बन्द भएपछि संक्रमित घरमै बस्दै आएका थिए ।
ग्रामीण क्षेत्रका घरमा नियमले तोके जस्तो सुविधा नभए पनि बाध्य भएर घरमै बस्नु
परेको थियो । होम आइसोलेसनबाट कोरोना संक्रमण भएको हुन सक्ने कोरोना फोकल पर्सन
कुमार थापाले बताएका छन् ।
मायादेवी गाउँ पालिकामा अझै
पनि १६ जना सक्रिय केस रहेको छ । तर गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन
सञ्चालनमा आएको छैन । साउनको अन्तिम साता देखी कपिलवस्तुका समुदायका केही कलस्टरमा
कोरोना भेटिँदै आएको छ । तर स्थानीय सरकार भने आइसोलेसन सञ्चालन गर्नमा चासो
देखिएका छैनन् ।
प्रतिक्रिया