काठमाण्डौ २९ भदौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । रेल सेवाका विभिन्न क्षेत्रमा काम गर्न इच्छुक र योग्यता पुगेकालाई १५ दिनभित्र आफ्नो विवरण पेश गर्न कम्पनीले भनेको छ ।शाखा अधिकृत, स्टेसन मास्टर, सब इन्जिनियर, कम्प्युटर अपरेटर, क्यासियर, टिकट बिक्रेता, टिकट कलेक्टर, फोरम्यान, अमिन, टीटीई, हेल्परलगायत पदमा करारको लागि जागिर खुलेको हो ।
२९ भाद्र २०७७, सोमबार
प्रतिक्रिया