अन्तर्राष्ट्रिय

जापान :योशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्ने पक्का



काठमाण्डौ २९ भदौँ ।  जापानको अहिलेको सरकारका मुख्य सचिव योशिहिदे सुगा नयाँ प्रधानमन्त्री बन्नुहुने भएको छ । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले नयाँ नेता चुनेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको हो ।योशिहिदेले सोमबार निकै सहज रुपमा आन्तरिक मतमा जित हासिल गर्नुभएको थियो । योशिहिदेलाई ५३४ मतमा ३७७ प्राप्त भएको थियो । यसरी उहाँले आफ्ना दुई प्रतिद्वन्द्वी पूर्व रक्षामन्त्री शिगेरु इशिबा र पूर्व विदेश मन्त्री फुमियो किशिदाविरुद्ध जित हासिल गर्नुभएको हो । प्रधानमन्त्री शिन्जो आबेले गएको महिना स्वास्थ्य कारण राजीनामा घोषणा गर्नुभएको थियो ।

        आबेले राजीनामा दिएपछि धेरैले सुगा नै जापानको आउँदो प्रधानमन्त्री बन्ने अपेक्षा गरेका थिए ।योशिहिदे सुगा आबेको नजिकको सहयोगी मानिनुहुन्छ । त्यसैले उहाँले आबेकै नीतिलाई निरन्तरता दिने अपेक्षा गरिएको बीबीसीले जनाएको छ ।बुधबार जापानको संसदमा पुनः प्रधानमन्त्री पदको लागि मतदान हुनेछ । जापानको संसदमा सत्तारुढ एलडीपी पार्टीको बहुमत रहेकाले सुगाले जित्ने निश्चित जस्तै छ । नयाँ प्रधानमन्त्रीले सन् २०२१ को सेप्टेम्बरमा हुने चुनावसम्म आफ्नो कार्यभार सम्हाल्ने छन् ।  

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६