ब्रेकिंग न्युज

नेपाली सेनाको सैनिकमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित



काठमाडौं २९ भदौ । संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति मिसनका लागि लिबिया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ । काभ्रेपालाञ्चोकको पाँचखास्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका सैनिक जवानहरु मध्ये उडान पूर्व गरिएको कोरोना परीक्षणमा केही सैनिकमा कोरोना संक्रमण देखिएको रक्षा मन्त्रालयले जनाएको छ ।रक्षा मन्त्रालयले सोमबार जारी गरेको सूचनामा संक्रमण पुष्टि भएका सैनिक जवानहरुको कन्ट्याक ट्रेसिङ गरी सबै जनाको पुनः परीक्षणपछि मात्र उडानको मिति तय हुने उल्लेख छ । युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबियामा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न आइतबार साँझ उक्त टोली त्यसतर्फ जाने तयारी थियो ।


प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६