अर्थ-वाणिज्य

शुशासनमा देश कै नम्वर १ बाणगंगाले गरयो यस्ता महत्वपूर्ण निर्णय



कपिलवस्तु २९ भदौ कपिलवस्तुको बाणगंगा नगरपालिकाले शुसासन ,पारदर्शीता र सेवाग्राहीको सहुलियतका विभिन्न निर्णयहरु गरेकोछ । चालु आवमा नेपाल नगरपालिका महासंघवाट शुशासनमा देशकै नम्वर १ भएर पुरस्कार पाएको नगरको कार्यपालिका बैठकले केहि महत्वपूर्ण निर्णयहरु गरेकोछ । जस अनुसार अव सेवाग्राहीले भुक्तानी गर्ने कर वा राजश्व अनलाइनसेवा(ईसेवा) वाट गर्न पाउने छन् । यस्तै नगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकाको कोरोना बिमा नगरपालिकाले गरिदिने  भएको छ । 

    सोमबार बसेको नगर कार्यपालिकाको बैठकले नगरमा रहेका १ सय १२ जना महिला स्वास्थ्य स्वयमसेबिकाहरुको कोरोना बिमा गरिदिने निर्णय गरेको हो । कोरोना महामारीका कारण महिला स्वास्थ्य स्वयंसेविकाकाहरु बिभिन्न स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुमा खटिरहेकोले नगरपालिकाबाट उहाँहरुको कोरोना बिमा गर्ने निर्णय गरिएको नगर प्रबक्ता बिष्णु पौडेलले बताउनुभएको छ । यस्तै बैठकले प्रदेश सरकार समक्ष नगरका २ सामुदायिक बिद्यालयलाई नमुना बिद्यायको रुपमा स्बिकृत गराउने निर्णय पनि गरेको छ । जसमा बाणगंगा ११ मा रहेको हेमाराज माबि हथौसा र बाणगंगा ७ मा रहेको जनज्योति माबि मोतिपुर छनौटमा परेका छन । 

    यसैगरि बैठकले बाणगंगा ७ खारखानीमा बन्ने भनिएको सौर्य उर्जाका लागि जग्गा उपलब्ध गराउने सम्बन्धी राय सुझबालाई स्विकृत गर्नुका साथै बाणगंगा ३ मा रहेको पर्यटकीय क्षेत्र राजपानीमा थारु सग्रांहलय निर्माणका निमित्त बजेट मागका लागि संस्कृति तथा नागरिक उड्यान मन्त्रालय समक्ष प्रस्ताब लैजाने पनि निर्णय गरेको उपमेयर चक्रपाणी अर्यालले वताउनु भयो । नगरका प्रबक्ता विष्णु पौडेलले अझै केहि जनमुखी कदमहरु छिटटै चाल्ने दावि गर्नु भयो ।  नगरका अध्यक्ष मंगल प्रसाद थारुको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत चूरामणी पन्थीको सञ्चालनमा बैठक भएको हो ।

प्रकाशित : २९ भाद्र २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६