प्रदेश

कपिलवस्तुका पौडेलको निधनबाट नेकपालाई क्षती



कपिलवस्तु ३०भदौ ।नेकपाका प्रदेश पाँचका सामान्य प्रशासन विभाग सदस्य टिकाराम पौडेलको दुःखद् निधन प्रति नेकपा कपिलवस्तुले शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली एवम् समवेदना ब्यक्त गरेको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्ण) द्धारा जारी शोक विज्ञप्तीमा एक होनहार योद्धाको दुःखद् निधनबाट सिंगो पार्टी र समुदायलाई अपूरर्णिय क्षती पुगेको उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा वैचारिक, सरल, कर्मठ, अनुशासित, एवम् सामाजिक अभियान्ताको आचर्यजनक निधनको खबरबाट सिंगो पार्टी स्तब्ध एवम् शोकाकूल भएको बताइएको छ ।

     विज्ञप्तीमा स्व. टिकाराम पौडेल प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गरिएको  नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो । शिवराज नगरपालिका वडा नं. ५, चन्द्रौटा, कपिलवस्तु निवासी स्व. टिकाराम पौडेलले अर्घाखाँची हुदै कपिलवस्तुको राजनैतिक, सामाजिक, साँस्कृतिक आनदोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनु भएको थियो । स्व. पौडेल तत्कालिन नेकपा कपिलवस्तुको नगर , क्षेत्री र  जिल्ला कमिटी सदस्यको जिम्मेवारी पुरा गर्नु भएको थियो । 

    स्व. पौडेल एक वैचारिक, सामाजिक अगुवाको रुपमा समेत स्थापित हुनुहुन्थ्र्यो । कपिलवस्तुको पश्चिमी क्षेत्रमा मात्र नभई सिंगो कपिलवस्तुबासीमा उहाँको दुःखद् खबर संगै जिल्ला बासीलाई स्तब्ध बनाएको छ । अर्घाखाँचीको सित्धाराबाट अध्यापन पेशाबाट विदालिई २०५६ सालमा स्व. टिकाराम पौडेल कपिलवस्तुको शिवपुर, करलियामा बसाई सराई गर्नु भएको थियो । ५८ वर्षे स्व. टिकाराम पौडेलका तीन छोरी, एक छोरा र एक श्रीमती हुनुहुन्छ ।  अर्घाखाँचीको जुकेनामा जन्मनु भई २०५६ साल देखी कपिलवस्तुलाई कर्मथलो बनाउनु भएका टिकाराम पौडेलको २८ गते आइतवार राती ११ बजे भिम अस्पताल भैरहवामा दुःखद् निधन भएको हो । 

प्रकाशित : ३० भाद्र २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६