मकवानपुर ३० भदौँ । मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु ९बालक०मा कोरोना पुष्टि भएको हो ।हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो ।
‘परिवारको अन्य सदस्यलाई कोरोना देखिएको छैन । सुत्केरीको समयमा अस्पतालमा बस्दा कोरोना संक्रमण भएको हुन सक्ने अनुमान गरीएबमे छ ‘शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन् ।उनीहरुको स्वास्थ्यकर्मीको टोलीले निगरानी गरिरहेको छ । योसँगै मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया